राजेन्द्र लिङ्देनलाई ओलीद्धारा ‘भर्खरै जन्मेको बाच्छो’को संज्ञा

काठमाडौं २४ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरै जन्मेको बाच्छोको संज्ञा दिएका छन् । लिङ्देनले कांग्रेसको महाधिवेशन उदघाटनमा शुभकामना व्यक्त गर्ने क्रममा नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले पनि सोही कार्यक्रममा भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन, बेसी कुद्छ भनेर व्यंग्य गरेका हुन् ।

ओलीले अहिले पनि त्यस्ता भ्रमपूर्ण अभिव्यक्ति र सपना नराख्न आग्रह गरे । ‘ आज पनि नेपालका नागरिकहरूले नागरिक स्वाभिमान बिर्सने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त निराधार सिद्धान्त र नागरिक स्वाभिमानविपरीतका सिद्धान्त हुन्,’ ओलीले भने ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।