काठमाडाैं २५ मंसिर । नेपाली कांग्रेसको सभापति पद नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरू भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी छन् ।
सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।