Thursday, October 1, 2026
28.1 C
Kathmandu
Home समाचार खुल्यो सरकारी जागिर, लोक सेवाले माग्यो २८४ शाखा अधिकृत

खुल्यो सरकारी जागिर, लोक सेवाले माग्यो २८४ शाखा अधिकृत

काठमाडाैं २९ मंसिर । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ । बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो।

आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको हो। यी पदहरूमा पुस २० गतेसम्म आवेदन दिन पाइने छ। पुस २७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ। अनलाइनमार्फत् आवेदन दिन सकिनेछ। शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।