हिजो घटेको सुनको मूल्य आज फेरि बढ्यो (मूल्यसहित)

काठमाडौं १ पुष । हिजो घटेर कारोबार भएको सुनको मूल्य आज नेपाली बजारमा तोलामा एकैदिन ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

बुधबार प्रतितोला छापावाल सुनको भाउ ९२ हजार ३०० र छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ बढेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।