काठमाडौँ १ पुष । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत महामन्त्रीपदमा पराजित भएपछि रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । सिंहदरबारमा रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट दिएको राजीनापत्र बुझाएका हुन् ।
यसअघि, कांग्रेस महामन्त्रीमा पराजय व्यहोरेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए । महामन्त्रीको निर्वाचनमा रिजालले ८०९ मत प्राप्त गरेका थिए ।
उनले निर्वाचन परिणामले आफ्नो पार्टीभित्र समर्थनको आधार अत्यन्त संकुचित भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
Comments