Thursday, October 1, 2026
28.1 C
Kathmandu
Home समाचार हिजाे बढेकाे सुनकाे मूल्य आज झनै बढ्यो (मूल्यसहित)

हिजाे बढेकाे सुनकाे मूल्य आज झनै बढ्यो (मूल्यसहित)

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो ।तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।