कांग्रेस केन्द्रीय सदस्यमा रज्जाक, अन्सारी र जागा विजयी

काठमाडाैं ६ पुष । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज सार्वजनिक भएको मत परिणामअनुसार केन्द्रीय सदस्य मुस्लिम (खुला) दुई पदमा अब्दुल रज्जाक दुई हजार ३९० मत र अब्दुल सतार दुई हजार २२८ मतका साथका साथ निर्वाचित हुनुभएको छ ।

सो पदमा उम्मेदवारहरु अकिल मियाँले एक हजार ५९९, अब्दुल रहिमले २९९, मो इर्शाद अन्सारीले एक हजार ४२१, मो नशिर सिद्दिकीले १२३, मोख्तार अहमदले २१८, मोहम्मद निजामुद्दिनले १७९, सलाउ द्दिन मियाँले १६८ र हसन अन्सारीले ४०१ मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैगरी केन्द्रीय सदस्य मुस्लिम (महिला)तर्फको एउटा पदका लागि भएको निर्वाचनमा जावेदा खातुन जागाले एक हजार ९०० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । अन्य उम्मेदवारहरु गोमा पराजुली (अन्सारी)ले ४७८, जमिला खातुनले ३३८, जमिला मियाँले एक हजार ४४१, यासिबा रहमानले २०३ र सनम वेगमले १४६ मत प्राप्त गर्नुभएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।