काठमाडौं १० साउन

नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारको अन्तिम तयारी गरिरहँदा माओवादीले सरकारमा जाने मन्त्रिहरुको टुंगो लगाएको हो ।

स्रोतका अनुसार माओवादीले गिरीराजमणी पोखरेल, टेकबहादुर वस्नेत, महेन्द्र शाही, आशा खनाल, शिव मण्डल र सन्त थारुलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

माओवादीले प्रत्येक मन्त्रालयमा राज्यमन्त्री समेत पठाउने तयारी गरेको छ । राज्य मन्त्रीको टुंगो भने लागिसकेको छैन् ।

कांग्रेस र माओवादीविच भएको सहमतीअनुसार माओवादीको भागमा ९ र कांग्रेसको भागमा १३ मन्त्रालय परेको छ । जसअनुसार माओवादीले उपप्रधानमन्त्रीसहित गृह,परराष्ट्र र शहरी मन्त्रालयमा मन्त्री पठाइसकेको छ । अन्य ६ मन्त्रालयमा मन्त्री पठाउनको लागी माओवादीले सुची तयार गरिसकेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।