काठमाडौं १२ पुष । नेपाल विद्युत् प्राधिकरणले अब भाडामा बस्ने (डेरावाल)सँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ । प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्न सकिने उल्लेख छ ।
विनियमावलीअनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेवालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने छन् ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवाल अब बढी महसुल लिएको प्रमाणसहितको उजुरी आए घरधनीलाई बोलाएर छलफल गर्ने र अटेरी गरेमा लाइन काटिने बताउँछन् । ‘एकैपटक काट्छौं भनेका हैनौं,’ उनी भन्छन्, ‘बढी महसुल लिएको जानकारी भएमा सचेत गराउँछौं, तर अटेरी भएमा लाइन काट्न पनि सक्छौं ।’
डेरावालसँग बढी महसुल लिनेको घरमा लाइन काटिने
Comments








