काठमाडौं १३ पुस । रौतहटको गौर-चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले जानकारी दिए ।
डीएसपी भण्डारीका अनुसार कारमा सावर ८ जनामध्ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मृतको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरूडाको टोली घटनास्थलमा पुगेका छन्।
Comments







