काठमाडौं । केही दिनयता सुनको मूल्यमा सामान्य उतारचढाव देखिन थालेको छ। मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रति तोला ९३ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन तोलामा एक सय रुपैयाँले बढ्दा प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने मंगलबार तोलामा १० रुपैयाँले बढेको छ चाँदी प्रतितोला एक हजार २ सय ६० रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा थोरै परिवर्तन आएको छ । सोमबार प्रतिऔंस १८०९.३९ डलरमा रहेको सुन मंगलबार प्रतिऔंस १८१०.५६ डलरमा कारोबार भएको छ । चाँदी । ०२ डलर छ । सोमबार चाँदी २२.७७ डलरमा कारोबार भइरहेको छ।