काठमाडौं १६ पुष । राइडिङ सेवा दिइरहेको पठाओ कम्पनीले ग्राहकलाई ठगि गरेको पाइएको छ । पठाओले विभिन्न बहानामा ठगि गरिरहेको प्रकरणहरु बाहिर आइरहेको बेला पुनः एउटा ठगिको घटना बाहिर आएको छ ।
ओखलढुंगााका नविन कार्कीले ६ किलोमिटर दुरीमा जानका लागि पठाओ अर्डर गर्दा १८८ देखाएको र बिल तिर्ने बेला ७०३ लिएको जनाएका छन् ।
उनले ट्टिवरमा स्क्रिनसट सेयर गर्दै आफूमाथि पठाओले ठगि गरेको आरोप लगाएका छन् । उनले स्क्रिन सटपछि पठाओको हेन्डल मेन्सन गर्दै ठगिको पनि हद हुन्छ नि भनेर आक्रोश पोखेका छन् । तर पठाओले कुनै प्रतिक्रिया भने दिएको पाइएको छैन ।
जम्मा ६ किमि, पठाओ अर्डर गर्ने बेला १८८ देखाउने अनि लिने बेला ७०३ लिने?
यो पठाओ ठगी गर्न कै लागि बनाएको रहेछ।
फटाहा हरुको राज। pic.twitter.com/fvaw7l1WBT— नवीन कार्की, ओखलढुंगा । (@nabin_karkee) December 31, 2021