अभिनेत्री मिस्टिकालाई चुम्बन गर्न आर्यनले लिए ३७ टेक

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन छोटो समयमै स्थापित अभिनेता हुन् । फिल्म ‘प्यारका पञ्चनामा’ पछि उनी रातारात स्टार बने । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनले एक पछि अर्को हिट फिल्म दिए ।

कार्तिक क्यामरा अगाडि रोमान्टिक दृश्य दिन हिचकिचाउँदैनन् । तर एक फिल्ममा एक किसिङ दृश्य दिन ३७ रिटेक दिनुपरेको थियो । यो दृश्यलाई धेरै रिटेक खानुपर्दा उनी हैरान भएका थिए ।

कार्तिक फिल्म ‘काँचीः अनब्रेकेबल’मा काम गरिरहेका थिए । फिल्मका निर्देशक सुभाष घई थिए । फिल्ममा उनले अभिनेत्री मिस्टिकासँग किसिङ दृश्य दिनुपर्ने थियो । यो दृश्य दिनु कार्तिकका लागि सजिलो थिएन । किनकि उनलाई चुम्बन गर्न नै आउँदैन थियो । यो कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका थिए ।

‘फिल्मको एक दृश्यमा सुभाषजी पेसनेटवाला किस चाहन्थे र मलाई किस गर्न आउँदैन थियो । मैले उहाँलाई तपाईं एकपटक गरेर देखाइदिनुहोस् न भनेर भन्न लागेको थिएँ । किसिङ दृश्य यति तनावपूर्ण हुन्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । तर मैले त्यस्तै दृश्य दिएँ जुन सुभाष घई चाहन्थे । यसका लागि मैले ३७ रिटेक खानुपर्यो’, उनले भनेका छन् ।

कार्तिक पछिल्लोपटक फिल्म ‘धमाका’मा देखिएका थिए । यो फिल्ममा उनी एक समाचारवाचकको भूमिकामा थिए । फिल्ममा मृणाल ठाकुरले कार्तिककी श्रीमतीको भूमिकामा अभिनय गरेकी थिइन् । राम माधवानी निर्देशित फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।