झ्याप्प झ्याप्प बिजुली जानुको यस्तो छ कारण, कुलमान भन्छन्- ‘अब बत्ति जादैन’

काठमाडौं १६ पुष । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् ।

शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट समस्या समाधान हुने बताएका हुन् । उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए । घिसिङले काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै गरेकाले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सकिने बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरमा आगलागी भएको कारणले समस्या आइरहेको बताए । उनले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकाले विद्युत जाने समस्या नहुने बताए ।

घिसिङले केही स्थानमा त्यहाँका बासिन्दाले सबस्टेशन बनाउन नदिएकाले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरूले सबस्टेशन बनाउन दिन आग्रह गरे । काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेसन थपिँदै भएकोले उक्त सबस्टेसन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने उनको भनाइ छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।