नेपाल आयल निगमको आधिकारिक ट्रेड युनियनमा एमाले–माओवादी समर्थित कर्मचारी संघ विजयी

काठमाडौं १६ पुष । नेपाल आयल निगम लिमिटेडअन्तर्गत आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले–माओवादी समर्थित कर्मचारी विजयी भएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेस समर्थित कर्मचारी युनियनले दुई सय पाँच र एमाले–माओवादी समर्थित कर्मचारी संघले दुई सय ३० मत ल्याएको छ। यसअघि पनि निगमको आधिकारिक ट्रेड युनियन निर्वाचनमा कर्मचारी संघ नै विजयी भएको थियो ।

आयल निगमको निर्वाचनमा कुल ४ सय ५६ मतदाता थिए । त्यसमध्ये चार सय ४२ मत खसेको र आठ मत बदर भएको थियो । प्राप्त नतिजाअनुसार टेकुस्थित प्रधान कार्यालयमा एक सय ३८ मत खसेमध्ये संघले १९ मतान्तर राख्दै ७७ मत ल्याएको थियो भने युनियनले ५८ मत ल्याएको थियो । निगमको १३ कार्यालयमा भएको निर्वाचनमा युनियनले ६ र संघले सात स्थानमा ‘लिड’ गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।