पाल्पा १८ पुष । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।
आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।
Comments







