काठमाडौं २५ पुष । अब कुनै पनि सार्वजनिक सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिने भएको छ । उक्त निर्णय आगामी ३ माघदेखि लागू गरिने भएको छ । यस्तै, होटलमा छिर्दा र जहाज चढ्दा समेत खोप कार्ड देखाउनुपर्ने भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले १० दिनका लागि देशभरका विद्यालय बन्द गर्न सिफारिस समेत गरेको छ ।
सिसिएमसीसीको आइतबार बसेको बैठकले १५ माघसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको हो । सिसिएमसीसीले राजनीतिक दल लगायतलाई ठूलो संख्यामा भेला हुनेगरी सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । यस्तै, सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय पनि गरेको छ ।
Comments