माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं २६ पुष । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजादैं शिक्षा मन्त्रालयले १५ माघसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताएका छन् ।
कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।