काठमाडौं पुष २७ : सुनको भाउ मंगलबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ३०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको भाउ तोलाको ९१ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

हिजाे सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँ रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।