हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको छ र बामकी स्थानहरूमा आंशिक बदली रहेको छ।
मंगलबार देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।
त्यस्तै बुधबार प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार भने देशभर आंशिक बदली रहने छ।
यी समाचार पनि पढ्नुहोस्
हत्केलामा भएकाे चिन्हले देखाउछ कस्ताे चिन्ह हुदा के के हुन्छ, हेर्नुहाेस
अनुहार जस्तै तपाईको हात चम्काउन चाहनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्
महिलाको मुखबाट पुरुषले सुन्न चाहने यस्ता छन् ६ कुरा
के तपाईलाई छिटो छिटो पिसाब लाग्ने समस्या छ ? यी हुन् घरेलु उपाय
रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूलाई अचुक घरेलु औषधी
कब्जियतको समस्या छ ? भुलेर पनि नखानुहोस् यी पाँच कुरा
पेटमा बोसो लागेर तनाव हुनुहुन्छ ? दैनिक खानुहाेस् यी ५ घरेलु खानेकुरा
लसुनको प्रयोगबाट यसरी घटाउन सकिन्छ पुट्ट निस्किएको पेट
अम्बाको पातः मोटोपन घटाउनदेखि मधुमेह भगाउन समेत उपयोगी
घामले डडेको दागलाई १ हप्तामा हटाउन अपनाउनुस् यी सरल घरेलु उपाय






