काठमाडौं २७ पुष। काठमाडौं र ललितपुरका बालबालिका तथा किशोर-किशोरीहरुलाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि एक हप्तासम्म फाइजर खोप लगाइने छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा आजबाट एक हप्तासम्म खोप कार्यक्रम सन्चालन हुने जानकारी दिए । एक हप्ताभित्र लक्षित समूहका सबै बालबालिका तथा किशोर किशोरीहरुलाई खोप लगाइसक्ने लक्ष्य छ । भक्तपुर जिल्लामा भने गत शुक्रबारदेखि नै खोप अभियान सन्चालन भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।