पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरु यसप्रकार छन् ।
काँक्रो; बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।
धनियाँको जुस; यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ।
एलोभेरा जुस; एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ। यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ।
ग्रिन टी; ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ । त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ।
अदुवाको रस; प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ।
खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान दिनुहाेला ।
यी समाचार पनि पढ्नुहोस्
हत्केलामा भएकाे चिन्हले देखाउछ कस्ताे चिन्ह हुदा के के हुन्छ, हेर्नुहाेस
अनुहार जस्तै तपाईको हात चम्काउन चाहनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्
महिलाको मुखबाट पुरुषले सुन्न चाहने यस्ता छन् ६ कुरा
के तपाईलाई छिटो छिटो पिसाब लाग्ने समस्या छ ? यी हुन् घरेलु उपाय
रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूलाई अचुक घरेलु औषधी
कब्जियतको समस्या छ ? भुलेर पनि नखानुहोस् यी पाँच कुरा
लसुनको प्रयोगबाट यसरी घटाउन सकिन्छ पुट्ट निस्किएको पेट
अम्बाको पातः मोटोपन घटाउनदेखि मधुमेह भगाउन समेत उपयोगी
घामले डडेको दागलाई १ हप्तामा हटाउन अपनाउनुस् यी सरल घरेलु उपाय