काठमाडौं । नेपाली बजारमा बुधबार घटेर काराेबार भएकाे सुनको भाउ बिहीबार पनि प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८८ हजार ८५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८९ हजार ३५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।