भावी रणनीति बनाउँदै नेकपाका दुवै खेमा



काठमाडौं । नेकपाका दुवै पक्ष प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आफ्ना भावी रणनीति बनाउनेमा लागेका छन् । ओली समूह कसरी आफ्नो पक्षमा रहेको सरकारको नेतृत्व जोगाउने भन्नेमा लागेको छ भने प्रचण्ड माधव समूह आगामी सरकारको गृहकार्यमा जुटेका छन् ।

दुवै पक्षले बुधबार आआफ्नो समूहको स्थायी समितिमा छलफल गरे। ओली पक्षको बैठक बालुवाटार र दाहाल–नेपाल पक्षको बैठक पेरिसडाँडास्थित पार्टी कार्यलयमा बसेको थियो । प्रचण्ड माधव समूहको संसदीय दलको बैठक समेत बसेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

नयाँ सरकार गठनको अवस्था स्पष्ट नहुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा नदिने मुडमा छन् । प्रचण्ड माधव समूह भने राजीनामा नदिए अविश्वासको प्रस्ताव अघि बढाउने तयारीमा छन् ।