सुनको मूल्य बढ्यो, यस्तो छ आजको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । तेजावी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।