Wednesday, September 23, 2026
20.1 C
Kathmandu
Home समाज ललिता निवास जग्गा प्रकरणः किन छुटे सुवेदी दम्पती,को हुन् उनीहरु

ललिता निवास जग्गा प्रकरणः किन छुटे सुवेदी दम्पती,को हुन् उनीहरु

काठमाडौं २८ पुष । बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरण अहिले निक्कै चर्चित काण्ड मध्येको एक हो । सोही काण्डमा समातिएका थिए सुवेदी दम्पती अर्थात रामकुमार सुवेदी र माधवी सुवेदी ।

केन्द्रीय अनुसन्धान ब्युरोका नियन्त्रणमा रहेका उनीहरु आज मंगलबार रिहा भएका छन् । तत्काल मुद्दा नचल्ने अवस्थामा हिरासतमा राखिरहन नमिल्ने भएकाले सरकारी वकिलको सहमति उनीहरुलाई छाडिएको ब्यूरोले जनाएको छ ।

उनीहरूलाई भनेको समयमा हाजिर हुने सर्तमा छोडिएको छ। बालुवाटार जग्गा प्रकरणमा सुवेदी दम्पतीलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि जग्गा किनबेचमा बिचौलियाको आरोप लागेको छ ।

बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गएको अनुसन्धानबाट पत्ता लागेको छ। त्यसमध्ये १४ रोपनी जग्गा सुवेदी दम्पतीको नाममा भेटिएको जनाइएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउँदा सरकारमा बहाल रहेका भूतपूर्व मन्त्री, सचिव, बिचौलियालगायतको संलग्नता रहेको देखिएपछि ब्युरोले अनुसन्धान थालेको थियो। ब्युरोका अनुसार झन्डै १३ अर्बको बिगो तयार भइसके पनि मुद्दा भने चलिसकेको छैन। शक्ति केन्द्रको दबाब र प्रभावमा मुद्दा चल्न नसकेको चर्चा हुने गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।