बैज्ञानिकहरु भन्छन् सपना हाम्रो दवाइका इच्छाका झलक हुन् । तर शास्त्रले भने यो कुरा मान्दैन । शास्त्रका अनुसार सपनाको सम्बन्ध सिधा आत्मासँग हुन्छ ।सपनाले देश काल र परिस्थिति एवं भविष्यको संकेत गर्ने शास्त्रमा उल्लेख छ कुन बेला देखिएको सपनाको अर्थ के ? सूर्योदय भन्दा ७२ मिनेट अघि देखिएको सपनाले १० दिन पछि हुने घटनाको संकेत गर्छ । त्यस्तै रात्रिको सुत्ने वित्तकैको समय अर्थात प्रथम प्रहरमा देखिएको सपनाले एक वर्षमा र दुईतीय प्रहरमा देखिएको सपनाले ६ महिना भित्र हुने घटनाको संकेत गर्छ । तृतीय प्रहरमा देखिने सपनाले तीन महिना भित्र हुने घटना र चौथो प्रहरमा देखिने सपनाले एक महिनामै हुने घटनाको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।

सपना देख्ने वित्तिकै जाग्नु कुनै पनि सपना देख्ने वित्तिकै निद्रा टुट्छ र त्यसपछि निद्रा नै लागेन भने त्यस्तो सपना सत्य हुन धेरै समय लाग्दैन । तर निद्रा लाग्यो भने सपना निष्फल हुन्छ । कुनै पनि सपना अरुलाई सुनाएपछि त्यसको प्रभाव कम हुने शास्त्रमा उल्लेख छ ।सपनामा कुनै विपत्तिमा परेर भाग्न नसकेको देख्नु भो भने बुझ्नुस् जीवनमा पनि कुनै आपत् आइलाग्दै छ ।

उडेको सपना यदि सपनामा हावामा उडेको देख्नु भो भने तपाइँको योजना सफल हुने संकेत दिन्छ भने जागिरमा पनि पदोन्नति हुन्छ । तर उड्दा उड्दै कुनै बस्तुसँग ठोक्कियो भने चाँहि सफलतामा बाधा आइलाग्छ ।

मरेको देख्नु सपनामा मृत्यु भएको वा लाश देख्नु शुभ मानिन्छ । सर्पले टोक्नु वा सिंह तथा हात्तिले लखेट्नु पनि राम्रै मानिन्छ ।तर कुकुरले टोकेको वा नाङ्गो शरिर भएको ब्यक्ति देखिनु एवं भीरबाट खसेको वा भैंसीको हुल देख्नु नराम्रो संकेत हो ।

मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि । तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्. । कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ ।

गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । ६८०० बालबालिकाबीच गरिएको उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो । अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो । ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

बारम्बारको नराम्रा सपनाले बालबालिका भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत) को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ । उनीहरुका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ । मानिसले निद्राको र्यापिड आइ मुभमेन्ट (रेम) को चरणमा मात्र सपना देख्छन्, रेम हरेक रात चार या पाँच चरणमा हुन्छ ।

यसका साथै थुप्रै मेडिकल समस्याका कारण निद्रा विथोलिन्छ, ‘यसको अर्थ हुन्छ, तपाई रेमको अवधिमा ब्युँझनुहुन्छ र त्यस्ता सपना सम्झनुहुन्छ ।’ क्याम्ब्रिजको पापवर्थ हस्पिटालका निद्रा अनुसन्धानकर्ता एवम् कार्डियोलोजिस्ट डा.निकोलस ओस्क्रोफ्टले भने ।

यस्तै, अनिद्राको समस्या भएका मानिसले पनि नराम्रा सपना देख्छन्, यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । स्वास्थ्य खबरपत्रिका नियमित नराम्रा सपना मुटुको समस्यासंग पनि गाँसिएको हुन्छ । अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ भने छाति दुख्ने समस्या सात गुणा बढी हुन्छ । मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउछ ।

गहिरो निद्रामा परेका बेला अरू सबै मांशपेशीले काम नगरेपनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांशपेशीलाई भने असर पार्न सक्छ । यहीकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ । र मानिसले खराब सपना सम्झन्छ । यसका साथै मिर्गौलामा संक्रमण, रुघाखोकीजस्ता संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने अनुसन्धानकर्ताको भनाई छ । यस्तै, अति खराब सपना देख्नु पार्किन्सन रोगको प्रारम्भिक संकेत भएको न्युरोलोजिष्ट डा. रोबर्ट ब्रेनरको भनाई छ । माइग्रेनले पनि नराम्रा सपना देखाउछ । धेरैजसो महिलाले रजस्वला वरपरको समयमा अनेक थरि सपना देख्नछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।