चाेलेश्वर तिवारी
१८ महिना उमेरको हाम्रो आत्मीय छोरालाई यस कोरना भाईरसको संक्रमणले धेरै नै दुख दियो । छोरालाई निको भैरहेको छ । छोरा पछी मेरो श्रीमतीलाई दुख दियो र अझै दुख दिदै छ तर निको हुने क्रममा छ । हामी परीवारमा सुरूमा छोरालाई संक्रमण भयो त्यसको दुई दिनपछि आमालाई र अर्को दिन मलाई पनि संक्रमण भयो ।
३ दिन भयो कोरना भाईरसको संक्रमणले ग्रस्त पारेको छ । यो भाईरसको संक्रमण पनि ब्यक्ति पिच्छे फरक फरक हुने रैछ । कोरनाको संक्रमण सुरू भएपछी संक्रमित केही साथीहरूसंग कुरा गरे र उनीहरू अनुभव अवस्था बारेमा बुझे तर हरेकले नित्यान्त भिन्न अनुभूति सुनाउनुभयो । कसैलाई पोजेटीभ देखिए पनी केही पनी अस्वस्थता छैन, सामान्य नै छ । कसैलाई सामान्य रूघाखोकी जस्तो भएको छ । कसैलाई ज्वरों मात्र छ त कसैलाई ठाउको दुखेको त कसैको घाटी दुखेको छ, कसैको शरीर दुखेको छ, कसैलाई दुई तीन वटा लक्षणहरू देखिएको छ ।

मलाई अलि गाह्रो नै बनाएकाे छ । मलाई ज्वरो छैन तर अरू धेरै लक्षणहरू छ । मन्द टाउको दुखेको छ, शरीर दुखेको छ, खुट्टाको पिडौला र साप्राको मांसपेशी दुखेको छ । खोकी छ, नाक बगिरेको छ, आखॉहरू पोलेको छ । घाटी खसखसाएको छ । खानाको स्वाद हराएको छ । पानी मीठो लागेको छ । थकान लागेको छ । उठ्दा बस्दा रिगंटा लाग्छ । अलिकति हीडडुल गर्दा पनि धेरै नै थकान लाग्ने रिंगटा लागेर कालो देखिने छ । सामान्य कुरामा पनी झिजो लाग्ने, छिट्टै नै रिस उठ्ने र आक्रोस पैदा हुने जस्ता लक्षणहरू मलाई छ । यसको औषधी छैन तर दुखाई र ज्वरों कम गर्न परासिटामोल र ब्रोफिन खादा ३/४ घन्टालाई काम गर्छ । अर्को लक्षण १ दिन अलि निको भए जस्तो हुन्छ फेरी अर्को दिन च्याप्छ र गह्रो बनाउछ। बिहान अली निको भए जस्तो हुन्छ तर साँझ गह्रो बनाउछ । – सामाजिक सञ्जालबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।