पत्रकार महासंघको बैठकः अध्यक्षले आशन गर्ने बित्तिकै दर्जन बढी केन्द्रीय सदस्यद्धारा बहिस्कार

काठमाडौं ३० पुष । कपिलवस्तुमा आज सुरु नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठक एक दर्जन बढी केन्द्रीय सदस्यले बहिस्कार गरेका छन् ।

बैठक सुरु भएर अध्यक्ष विपुल पोखरेलले आशन ग्रहण गरेलगत्तै केन्द्रीय सदस्यहरुले महासंघभित्र भएको आर्थिक अपारदर्शिता, विवादित मिडिया अवार्डको विषय, अवार्डका लागि प्रयोग भएको किर्ते हस्ताक्षर, प्रेस काउन्सिल अध्यक्षलाई गरिएको सिफारिस, विधान अनुसार महासंघ चल्न नसकेको तथा यसअघि सार्वजनिक रुपमा राजीनामा दिईसकेका व्यक्ति समेत बैठकमा उपस्थित भएको विषयमा अध्यक्षले स्पष्ट पार्नु पर्ने माग राखेका छन् ।

केन्द्रीय सदस्यहरुले महासंघको गरिमा नै आँच आउने विषयमा अध्यक्षले जवाफ दिएर स्पष्ट पारेपछि मात्रै बैठक सञ्चालन गर्न माग गरेका छन् । त्यस्तै राजीनामा घोषणा गरिसकेका व्यक्ति बैठकमा आएको विषयमा पनि कुरो उठेको छ ।

केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेपनि पदाधिकारीहरु भने बहिस्कार गरेका छैनन् । अहिले पदाधिकारीहरु छलफलमा जुटिरहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।