काठमाडौं ४ माघ । मंगलबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम रहेको छ ।