काठमाडौं ९ माघ । नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यो मृत्युदर केही समययताकै उच्च हो । देशभरको विवरणअनुसार २४ घण्टाको अवधिमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

यस्तै २४ घण्टामा एन्टिजेन र पीसीआर गरी २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जना संक्रमित थपिएका छन् । निको हुनेको संख्या भने ७०८ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

कोरोनाको ओमिक्रोन भेरिएन्ट नेपालमा फैलिएसँगै एकै दिन मृत्यु हुनेको संख्या यो सबैभन्दा धेरै हो । शुक्रबार दिनभर कोरोनाका कारण ३ जनाको मृत्यु भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।