काठमाडौं ७ माघ
एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठकले तीन निर्णय गरेको छ ।

दुवै पार्टी अध्यक्ष सम्मिलित बैठकले  राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गरेको छ ।

यस्तै, साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न बामदेव गौतमको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
बैठकले दुई पार्टीका अध्यक्षद्वयबीच जारी छलफललाई निष्कर्षमा र्पुयाएर वैचारिक र सांगठानिक कार्यदल बनाउने पनि गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।