काठमाडौं २३ माघ । एक वर्ष भन्दा बढी समयदेखि थन्किएर बसेको रेल फागुन १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। १ गतेदेखि नै भने यात्रु नबोक्ने जनाइएको छ । औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिनेछ।
जयनगरदेखि जनकपुर उपमहानगरस्थित कुर्थासम्म रेल सञ्चालन गर्न लागिएको छ। अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ। दिनमा एक पटक रेल चलाउने तयारी छ।यात्रु नबोकी फागुन १ देखि दिनमा एकपटक रेल चलाउन लागिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ। फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ।