काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो (बिहिबार) प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमाछापावाल सुनको मूल्य आज तोलामा एक सयले बढेको हो । बिहिबार पनि सुनको भाउ तोलामा पाँच सयले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदी प्रतितोला रु १ हजार २ सय ८० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम रहेको महासंघले जनाएको छ ।
Comments






