काठमाडौं १ फागुन । संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन् ।
संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउने छैनन् । सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएका छन् ।
जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।
कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्नेछन् ।
Comments






