नेकपा माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने निर्णय गरेकाे छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन अघि बढाउन नहुने निष्कर्ष निकालेको हो । संशोधन बिना एमसीसी पास हुन नसक्ने भन्दै राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्ने, राष्ट्रिय सहमति र गठबन्धनबीच सहमति हुनैपर्ने र पहिले संसद खुल्नुपर्ने र संसद नखुली एमसीसी टेबल गर्न नहुने निर्णय गरेकाे छ ।
बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले एमसीसीका कतिपय बुँदाहरु राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै त्यसलाई परिमार्जन नगरी माओवादीले कुनै पनि हालतमा समर्थन नजनाउने अडान सुनाएका थिए ।
Comments