काठमाडौं ५ फागुन । सत्तागठबन्धन दलको प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा छलफल चलेपनि सहमति हुन सकेको छैन । सरकारका प्रवक्ता समेत रहेका नेपाली कांगैसका नेता, सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विभिन्न ढंगले छलफल भएको र भोलि बिहान १० बजे पुनः बैठक बस्ने जानकारी दिए ।
बैठकमा सबै पार्टीका नेताहरुले गठबन्धन जोगाउन जोड दिएका छन् । तर सबै दलका अडान भने यथावत रहेका छन् । कांग्रेस एमसिसी टेबुल गरेर पास गर्नुपर्ने पक्षमा देखिएको छ भने माओवादी केन्द्र र समाजवादी अहिलेकै अवस्थामा टेबल गर्न नहुने पक्षमा रहेका छन् ।
Comments






