काठमाडौं । आज पनि सुनको मूल्य बढेर कारोबार भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९६ हजार ५०० तोकियो। पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार कायम भएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९५ हजार ६०० तोकिएको थियो ।
Comments







