काठमाडौं ९ फागुन । अमेरिकाको अनुदान सहयोग भनिएको एमसीसी सम्झौता अमेरिकी धम्कीपूर्ण व्यवहारका कारण सहमति बिना संसदमा टेबल गराएर अमेरिकाले नेपाली जनतामा पञ्चायती व्यवस्था यताकै ठूलो फाटो निम्त्याएकाे छ ।
कुनै समय कांग्रेसले कम्युनिष्ट र कम्युनिष्टले कांग्रेस विचारधारा भएकाहरुसँग बिहेवारी गर्ने गर्दैन थिए भने शुभकार्यमा समेत नजानेसम्मको जनतामा विभाजन रहेको थियो । एमसिसी त्यसयताकै नेपाली नेपालीबिच ठूलो मात्रामा फाटो निम्तिएको हो ।
नेपालको संविधान तथा ऐन कानुन भन्दा माथि हुने गरी र नेपाललाई दिर्घकालिन असर गर्ने अमेरिकाले एउटा सामान्य विकास परियोजनालाई संसदबाट पास गराउन खोजिरहेका छ । त्यसका लागि अमेरिकाको मन्त्रीको तहबाट नै नेपालका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुलाई फोन गरेर सम्झौता पास गर्न धम्की आएको थियो । नेपालसम्बन्धी नीति नै परिवर्तन गर्ने भन्दै घुमाउरो भाषामा आर्थिक नाकाबन्दी लगाउने धम्कीपछि हिजो शनिबार एमसिसी सम्झौता संसदमा टेबल भएको छ । तर, अमेरिकाले नेपाली जनतामा फाटो ल्याउन सफल देखिएको छ ।
संसदमा टेबल हुँदै गर्दा नेकपा एमालेको विरोध जारी थियो भने नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी पार्टी, जनमोर्चा, नेमकिपाले विरोध जनाएका थिए । संसद भित्र विरोध गुञ्जनु मात्र नभएर संसद बाहिर बानेश्वरमा दिनभरी नै युद्ध मैदान जस्तै बन्यो ।
एमाले, माओवादी, समाजजवादी, राप्रपा समर्थकहरुको विरोधका कारण दिनभरी बानेश्वर क्षेत्र तनावग्रस्त मात्रै बनेन युद्धमरुभूमि जस्तै देखिएको थियो । एमसिसीका कारण जनता-जनतामा नै विभाजनको खाडल देखिएको छ । ठूलो संख्याको एक पक्ष एमसिसी हुनुहुन्न र भए नेपालको कानुन अनुसार संशोधन गरेर मात्र हुनुपर्छ भन्ने अडानमा छ भने अर्को पक्ष यो जसरी पनि हुनुपर्छ भन्ने अडानमा छ ।
सम्झौतामा संशोधन गर्न सकिने भनेर लेखिए पनि अमेरिकाले संशोधनको सट्टा धम्कीपूर्ण व्यवहार समेत देखाउन पछि हटेन । जसका कारण उत्तरी छिमेकी चीन समेत चिडिन पुगेको छ । उसले यसअघि अमेरिकी धम्कीपूर्ण कुटनीतिको विरोध गर्ने नेपाली जनताको सार्वभौम अधिकारमा हस्तक्षेप गर्न नहुने बताईसकेको छ । लगत्तै दबाब दिएर एमसिसी टेबल भएसँगै नेपाल चीनबिचको सम्बन्धमा समेत असर पर्ने सम्भावनाहरु बढेर गएको छ । दक्षिणी छिमेकी भारत भने अहिलेसम्म यो विषयमा मौन छ ।