काठमाडौं १६ फागुन । रुसले युक्रेनमाथि युद्ध सुरु गरेको आज पाँचौ दिन पुगेको छ । आक्रमणको पाँचौ दिन रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ।
सबैभन्दा चर्को युद्ध भइरहेको खार्किभ अहिलेसम्म पनि युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन् । युक्रेनको राष्ट्रिय समाचार संस्थाले राजधानी किएभ र खार्किभमा पुनः गोलाबारी सुरु भएको जनाएको छ। युक्रेनको ‘स्पेसल सर्भिस’ लाई उद्धृत गर्दै युक्रेनी राजधानीमा कैयौँ घण्टाको शान्तिपश्चात् किएभ र खार्किभमा विस्फोटनको आवाज सुनिएको उक्रीनफोर्मले बताएको छ।
रुसी सेना भने चारैदिशाबाट अघि बढीरहेको गभर्नरले बताएका छन् । रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ। यसको पुष्टि भने भएको छैन । बिबिसीको सहयोगमा 
Comments








