काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख २ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १४ सय १५ रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।
Comments