काठमाडौं २ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गुण्डागर्दी गर्नेलाई भाटा लगाउन निर्देशन दिएका छन् ।
काठमाडौँमा गैरभौगोलिक ३ प्रदेशको संयुक्त प्रशिक्षण कार्यक्रममा उनले चुनावमा सेटिङ गर्नेमा कांग्रेस एमाले अगाडी रहेको बताउँदै आफुहरु सेटिङ गर्न नजाने पनि गुण्डागर्दी गर्नेलाई पञ्च दिन भने पछि नपर्ने बताएका छन् । ‘हामी जालझेल गर्न जान्दैनौं, गर्नेलाई पञ्च दिऔं, गुण्डागर्दी गरे भाटा लगाउनुस् ।’ कार्यकर्तालाई निर्देशन दिँदै उनले भने ।
प्रचण्डले दिनप्रतिदिन कम्युनिष्टहरु विचलन हुँदै गएको बताउँदै हिजो मर्न जान तयार हुनेहरु अहिले पद नपाउँदा झगडा गर्ने गरेको बताएका छन् । उनले यो निर्वाचन जिवनमरणको जस्तै हुने बताउँदै ब्याटल सम्झेर लाग्न निर्देशन समेत दिएका छन् ।