दुई दिन घटेको सुनको मूल्य आज भने बढेर कारोबार

काठमाडौं । दुई दिन घटेर कारोबार भएको सुनको मूल्य बिहीबार भने बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १२ रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पुनः ५०० रुपैयाँले बढ्दै ९९ हजार ८०० रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै बढ्दै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा पुगेको छ । यता, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै आज एक हजार ३९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।