काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटन ठीक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु बराबर हुने बताएका छन् ।
मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले संसद विघटन गलत थियो भनेर सर्वोच्च अदालतको संवैधानिक इजलासले भनिसकेको भन्दै अब पनि संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित नहुने बताए ।
‘सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामी जाने हो भने हेर्नुहोला यो संविधान भत्किन सुरु हुन्छ । ‘अब पनि फेरि संसदको यस खालको विघटनहरु ठीक छ भनेर जानुको अर्थ सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ’ उनले भने, ‘जुन काम नेकपा एमाले, यति जिम्मेवार पार्टीको तर्फबाट हामीले गर्नुहुन्न, गर्दैनौं ।’
Comments





