काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ ।

सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । ‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन् । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।