Tuesday, September 22, 2026
25.1 C
Kathmandu
Home मुख्य समाचार कंगोमा एक नेपाली शान्ति सैनिकको मृत्यु

कंगोमा एक नेपाली शान्ति सैनिकको मृत्यु

काठमाडौँ २३ चैत । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएका एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपालका ‘श्री नेप क्यूआरएफ कम्पनी’ पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकको अपरेसन ‘बाली’को दौरानमा मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा कर्डन एन्ड सर्चको कारबाही सञ्चालन गर्दा घाइते भएका सुर्खेतका अनिल गुरुङको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जनाएका छन् ।

नेपाली सेनका अनुसार नेपाली शान्ति सैनिक टोलीले विद्रोहीको ‘अब्जेक्टिभ’ कब्जा गरी जमिन होल्ड गरेपछि अज्ञात स्थानबाट अचानक गरेको फायरबाट गुरुङ घाइते भएका थिए ।
आक्रमणमा परी घाइते भएका गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गोटेर्रसले विज्ञप्ति जारी गरी यस घटनाप्रति भर्त्सना गरेका छन् । मृतक परिवारप्रति समवेदना प्रकट गर्दै महासचिव गुटेर्रसले शान्ति सेनामाथि गरिएको यस्तो आक्रमणको खण्डन गरेका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।