Monday, July 27, 2026
Home मुख्य समाचार चितवनमा उपाध्यक्षसहित एमालेका २ सय बढी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश

चितवनमा उपाध्यक्षसहित एमालेका २ सय बढी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश

चितवन, २३ चैत । नेकपा एमाले निकट युवा संघका भरतपुर महानगरपालिकाका उपाध्यक्ष विशाल खड्गीको नेतृत्वमा २ सय युवा र सयपत्री आमा समूहका दिदीबहिनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो। पार्टी प्रवेश कार्यक्रममा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ, माओवादी केन्द्रका नेता नारायण दाहाल, राष्ट्रिय सभा सदस्य गंगा वेल्वासे, भरतपुर महानगरकी मेयर रेनु दाहाल, माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीलगायत नेताहरु सहभागी थिए।

नव प्रवेशी युवा तथा महिला समुहलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले अंहकार र दम्भ देखाएर एकीकृत कम्युनिष्ट पार्टी र आन्दोलनलाई फुटाएर कमजोर पार्ने दुस्साहस गरेको बताउनु भयो।प्रचण्डले अहिले पनि संविधान र लोकतन्त्रको विरुद्ध क्रान्तिका उपलब्धि खोस्ने दुस्प्रयास भइरहेको बताउँदै प्रतिगमनका मतियारलाई इटको जवाफ पत्थरले दिन युवाहरुलाई अपिल गर्नुभयो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।