Tuesday, September 29, 2026
23.1 C
Kathmandu
Home समाचार वडाध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने वडाअध्यक्ष उम्मेदवारको घोषणा

वडाध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने वडाअध्यक्ष उम्मेदवारको घोषणा

देवकी थापा
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ मा वडाध्यक्षका उम्मेदवार बनेका अभिनेता राज घिमिरेले वडाध्यक्षमा निर्वाचित भएमा कुनै पनि सरकारी सुविधा नलिने बताएका छन्। उनले आफ्नो नाममा आएको तलब र अन्य सुविधा गरिब र जेहेन्दारको लागि खर्च गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू वडाध्यक्ष बनेपछि गरिब र जेहेन्दारको पक्षमा काम गर्ने समेत बताएका छन्। ‘म विजयी भए पश्चात पाँच वर्षसम्म कुनै पनि सरकारी सवारी साधनको सुविधा लिने छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘कुनै पनि तलब भत्ता लिनेछैन, बरु त्यो रकम गरिब र जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु।’

उनी नेकपा (माओवादी केन्द्र) बाट उक्त वडाका उम्मेदवार बनेका छन्। घिमिरे कलाकारिता क्षेत्र छाडेर पछिल्लो एक दशकदेखि सामाजिक कार्यमा लागेका छन्। उनले लुट, चपलि हाइटलगायत चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।