मेरो जितपछि खानेपानी र सार्वजनिक शौचालयको समस्या अन्त्य गर्छु : सिर्जना सिंह

काठमाडौं । पाँच दलिय गठबन्धनबाट संयुक्त उम्मेदवारी दिएकी काठमाडौं महानगरको मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौं महनगरवासीलाई ठुला सपना देखाउने भन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भुमिका खेल्ने बताएकी छिन् । काठमाडौंका सडकमा सामान्य मानिसले पानी खान र शौचालय समेत जान नपाउने अवस्था रहेको बताँउदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने उनको भनाई छ । ‘काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ’ उनले भनिन् । पैसा नहुनेलाई काठमाडौं पानी खाने व्यवस्था समेत नरहेको बताउदै सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गरिने उनले बताएकी छिन् ।