सुनको भाउ घट्याे

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।